• २०८३ बैशाख १८ गते शुक्रवार

मूल्यवृद्धि विरुद्ध अनेरास्ववियुले गर्यो आन्दोलनका कार्यक्रम घोषणा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १०, काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले मूल्यवृद्धि विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । एक विज्ञप्ति जारी गर्दै अनेरास्ववियुले असार ११ गतेबाट आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

अनेरास्ववियुले जारी गरेको विज्ञप्तीमा लेखिएको छ : गरीब जनताको जनजिविकाको सवालमा, सामाजिक सरोकारका विषयहरु, मुलुकमा व्याप्त विकृति, विसंगति, भ्रष्टाचारको विरुद्ध संघर्षको मैदानमा अग्रमोर्चामा रही नुन देखि सुनको मूल्यवृद्धिको विरुद्ध अनेरास्ववियुले सदैव खबरदारी गर्दै आएको सर्वविदितै छ । यसै सन्दर्भमा मिति २०७४ असार १० गते बसेको केन्द्रीय पदाधिकारी बैठकले मूल्यवृद्धि विरुद्ध आन्दोलनको आगामी कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

आन्दोलनका कार्यक्रमहरु :
असार ११ गते मुल्यवृद्धि विरुद्ध जिल्ला सदरमुकामका प्रमुख चोकमा सिठि जुलुस कार्यक्रम गर्ने ।
असार १२ गते देशभरिका हरेक शैक्षिक संस्थाहरुमा महङ्गी बिरुद्ध सरकार कहाँ छ ? भन्ने कालो ब्यानर राख्ने ।
असार १३ गते मुल्यवृद्धि विरुद्ध प्रत्यक शैक्षिक संथा र जिल्ला सदरमुकामका प्रमुख चोकमा असार (१३-१८) गतेसम्म हस्ताक्षर कार्यक्रम गर्ने ।
असार १५ गते मुल्यवृद्धि विरुद्ध व्यङ्ग्यात्मक कविता वाचन कार्यक्रम गर्ने ।
असार १६ गते मुल्यवृद्धि विरुद्ध सडक सभा गर्ने ।

No photo description available.

Sharing

प्रतिक्रिया दिनुहोस