• २०८३ जेष्ठ ३१ गते आइतवार

नेपाल थाइल्यान्डसँग पराजित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १०, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल थाइल्यान्डसँग २-० अन्तरले पराजित भएको छ । थाइल्यान्डको चोनबरीमा भएको खेलमा नेपालले पहिलो हाफमा घरेलु टोलीलाई रोके पनि दोस्रो हाफमा भने दुई गोल बेहोर्न पुग्यो ।

थाइल्यान्डको जितमा फिलिप रोलर र चाओवाट विराचार्टले गोल गरे । फिलिपले ७८औं मिनेटमा गोल गर्दै थाइल्यान्डलाई अग्रता दिलाए । चाओवाटले ८९ औं मिनेटमा गोल गर्दै थाइल्यान्डको जित सुनिश्चित गरे । यस खेलसँगै प्रशान्त अवस्थीले राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन् । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेलेको हो ।

अब नेपालले १३ गते थाइल्याण्डको शीर्ष डिभिजन क्लब चोनबरी एफसीसँग खेल्नेछ । एसियन कप छनोटमा नेपाल सहित समूह ‘ए’ मा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस