• २०८३ असार १३ गते शनिवार

बैठक स्थगित भएपछि संसद भवनभित्रै छलफल गर्दै देउवा-ओली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १२, काठमाडौं । प्रतिनिधि सभाको आजको बैठक स्थगित भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच अहिले छलफल भइरहेको छ।

छलफलमा कांग्रेसका तर्फबाट महामन्त्री गगन थापा, सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् भने एमालेबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सहभागी छन्।

प्रधानमन्त्री देउवाले एमालेसँग सहमति गर्ने भन्दै आजको संसद बैठक स्थगित गर्न आग्रह गरेका थिए। बैठक स्थगित भएपछि उनी एमालेसँग छलफलमा जुटेका हुन्।

Sharing

प्रतिक्रिया दिनुहोस