फागुन १२, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौं जिल्ला कमिटीको जिम्मेवारी बाडँफाडँ गरेको छ । २४७ सदस्यिय कमिटीलाई पुर्ण जिम्मेवारी सहित जिम्मेवारी बाडँफाडँ गरिएको हो ।

नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले काठमाडौं निर्वाचन क्षेत्र नं. ७ को संयोजकमा विदुर प्रसाद अर्याललाई जिम्मेवारी दिएको छ । यस्तै सह – संयोजक र सचिवमा क्रमश गिता थिङ र भाष्कर लेकालीलाई जिम्मेवारी दिएको छ । पाटीले प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रदेश क तर्फ गोकुल वस्ती संयोजक रहने गरि सह – संयोजकमा रचना राजोध्यापाय र सचिवमा राजेश श्रेष्ठलाई चयन गरेको छ ।
यस्तै निर्वाचन क्षेत्र नं. ७ प्रदेश ख को संयोजकमा यमुना प्रसाद धिताल, सह – संयोजक शिवकुमारी अर्याल र सचिवमा देशभक्त विपीलाई चयन गरेको छ ।
देश निर्वाचनको माहोलमा गईरहेको अवस्थामा आउने संघिय तथा प्रदेशको निर्वाचनमा निर्वाचन क्षेत्र नं. ७ सहित दुबै प्रदेश नेकपा एमालेले जितेको यस क्षेत्रमा पुन जिताउनु पर्ने अभियानका साथ आफुमा जिम्मेवारी आएको निर्वाचन क्षेत्र नं. ७ का संयोजक विदुर प्रसाद अर्यालले जनाउनु भयो ।