• २०८३ बैशाख १२ गते शनिवार

अत्याधिक चिसोको कारण दाङ जिल्लाको जनजीवन प्रभावित ठाँउठाँउमा आगो ताप्दै

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

माघ १०, दाङ । निरन्तर लागेको बाक्लो हुस्सु र चिसोका कारण दाङको जनजीवन प्रभावित बनेको छ। बद्दो चिसो र बाक्लो हुस्सुको कारण यस क्षेत्रका नागरिक मारमा परेको छन्।

निरन्तर लागेको बाक्लो हुस्सु र सितलहरका कारण यस क्षेत्रका नागरिक मारमा परेका छन्। निरन्तर लागेको बाक्लो हुस्सु र सितलहरका कारण सर्वसाधारणको चहलपहल दैनिकी प्रभावित बन्नुका साथै सडकमा सर्वसाधारणको चहलपहलमा समेत कमि आएको छ। चिसो अत्याधिक बढेपछि सर्वसाधारणहरु आगो तापेर बसेको देखिन्छन्।हुस्सुका कारण दाङ्को घोराही आसपासका क्षेत्र तुलसीपुर लगायत देउखुरी क्षेत्रमा चहलपहल पातलिएका छ भने यातायातका
साधन पनि पातलिएका छन्।

मौसम पुर्वानुमान दाङ शाखाकार्यालयका अनुसार दाङ्को तापक्रम १९ दशमलव शुन्य डिग्री सेल्सियस र न्युनतम ११ दशमलव शुन्य डिग्री रहेको जनाएको छ।

यस्तो मौसममा न्यानो कपडा लगाउन तथा तातो र झोलिलो खानेकुरा खान चिकित्सकहरुले सल्लाह दिएका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस