• २०८३ बैशाख १६ गते बुधवार

काठमाडौं-६ मा स्वतन्त्र पार्टीका शिशिर खनालको जित सुनिश्चित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ७, काठमाडौं ।  काठमाडौं-६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शिशिर खनालको जित सुनिश्चित भएको छ । गन्न बाँकी मतभन्दा मतान्तर बढी भएपछि खनालको जित सुनिश्चित भएको हो ।

पछिल्लो मतपरिणाम अनुसार खनालले १२ हजार ७६४ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका सर्वेन्द्र खनालले ७ हजार ७८७ मत ल्याएका छन् ।

अब यहाँ ४ हजार २९१ मत गन्न बाँकी छ । जबकी मतान्तर ४ हजार ९ सय ७७ छ ।

Sharing

प्रतिक्रिया दिनुहोस