• २०८३ बैशाख १५ गते मङ्गलवार

कलाकार राजु महोत्रा मृत अवस्थामा फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ७, काठमाडौं । कलाकार राजु महोत्रा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । स्थानीय कलाकार महोत्रा बुटवल देवीनगरस्थित आफ्नै निवासमा राति २ बजेतिर झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

बिहीबार सांझ गायक नन्दु परियार लगायतसँग आफ्नै घरमा खाना खाएर सुतेका थिए । महोत्राको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रदेशिक अस्पताल पुर्‍याइएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

महोत्राले दर्जनौं म्युजिक भिडियो निर्माण र अभिनय गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस