• २०८३ जेष्ठ ६ गते बुधवार

अवैध लागूऔषध सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

फागुन ११, काठमाडौं । सप्तकोशी नगरपालिका-२ सखुवनिस्थित सडकबाट करिब ६ ग्राम ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा उदयपुर त्रियुगा नगरपालिका(१३ लक्ष्मिपुर बस्ने २६ वर्षीय सुमित चौधरी र चौदण्डी नगरपालिका-८ हडिया बस्ने ३४ वर्षीय बिधानन्द चौधरी रहेका छन् । प्रदेश १-०५-००१ प ४५९३ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी फतेपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी रुपन्देहीको कञ्चन गाउँपालिका-३ झारगैराबाट करिब ७ ग्राम ७० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३४ वर्षीय देवेन्द्र बहादुर खत्री र सोही गाउँपालिका-५ थकाली चोक बस्ने २९ वर्षीय नवराज पराजुली रहेका छन् । ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी मोरङको विराटनगर महानगरपालिका-१२ स्थित होटल ईन्टरटेन्टमेन्टमा बसेका सोही महानगरपालिका-६ बस्ने २६ वर्षीय कुनाल सिंङलाई करिब ३२ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, डिजिटल तराजु १ थान र को.३३ प ३३१४ नम्बरको मोटरसाइकल सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस