• २०८३ जेष्ठ २ गते शनिवार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ८, बुटवल । बाइस वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । प्रहरीले लुम्बिनी सांस्कृतिक नगरपालिका-९ बस्ने २६ वर्षीय सुवास यादवलाई शुक्रबार साँझ पक्राउ गरेको हो ।

उनले ती महिलालाई लुम्बिनी सांस्कृतिक नगरपालिका-१३ पिपरास्थित खाली खेतमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस