• २०८३ बैशाख ४ गते शुक्रवार

गगनले भने- सरकारमा जान्नँ, दलको नेताकै लागि फेरि प्रयास गर्नेछु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष ६, काठमाडौं ।  नेपाली कांग्रेसको संसदीय दल नेतामा पराजित भएका महामन्त्री गगन थापाले आफू अब सरकारमा नजाने बताएका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै गगनले दलको नेताका लागि नै फेरि प्रयास गर्नेसमेत बताएका छन् ।

‘म अहिले सरकारमा जाने विषयमा सोचेको छैन, दलको नेताकै लागि फेरि प्रयास गर्नेछु तर कांग्रेसको नाममा हुने कुनै पनि निर्णय पारदर्शी भएनन् र सम्बन्धित कमिटीभित्र छलफल भएनन् भने व्यक्तिगत निर्णय हुनेछ’ उनले भने ।

साथै, पार्टीको जानकारी बेगर आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरिएको खण्डमा पार्टीले त्यसको स्वामित्व नलिने उनको भनाइ छ ।

Sharing

प्रतिक्रिया दिनुहोस