• २०८३ बैशाख २७ गते आइतवार

डुबेर दुई जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ५, काठमाडौं । दाङ र उदयपुरमा डुबेर दुई जनाको मृत्यु भएको छ । दाङको लमही नगरपालिका–६ देउपुर बस्ने नुमा भण्डारीको ६ वर्षीय छोरा रोहित भण्डारीको आफ्नै घर नजिकैको कुलोमा डुबेर मंगलबार मृत्यु भएको छ ।

खेल्ने क्रममा उक्त कुलोमा डुबेर अशक्त भएका उनको तुलसी बाल अस्पताल लमहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

उदयपुरको त्रियुगा नगरपालिका–३ स्थित त्रियुगा खोलामा नुहाउने क्रममा डुबेर सोही ठाउँ बस्ने २२ वर्षीया लक्ष्मी सदाको मंगलबार दिउँसो मृत्यु भएको छ । दुवै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस