• २०८३ बैशाख ११ गते शुक्रवार

आजको मौसम : लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको प्रक्षेपण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ५, काठमाडौं । आज मुलुकका लुम्बिनी र सुदूरपश्चिमका केही भेगमा भारी वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो मुलुकका विभिन्न क्षेत्रमा वर्षा हुनेछ ।

राति प्रदेश १, मधेश, बागमती र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । बिहीबार बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

ओडिसा र पश्चिम बंगाल आसपास रहेको न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस