• २०८३ जेष्ठ १७ गते आइतवार

विहारका मुख्यमन्त्री नितिश कुमारद्वारा गिरिको निधनप्रति दुःख व्यक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौं ५, काठमाडौं । नेपालसँग सीमा जोडिएको भारतको विहार राज्यका मुख्यमन्त्री नितिश कुमारले नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

‘नेपाली कांग्रेसका वरिष्ठ नेता एवं प्रतिनिधि सभाका सदस्य प्रदीप गिरिको निधन दुःखद । उनी नेपाली राजनीतिका दार्शनिक तथा समाजवादी विचारक थिए,’ नितिश कुमारले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘उनले सबै राजनीतिक दलबाट आदर र सम्मान प्राप्त गरेका थिए ।’

कांग्रेस नेता गिरिको निधन शनिबार राति भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस