• २०८३ जेष्ठ २ गते शनिवार

बालाजुमा जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौं ५, काठमाडौं ।  काठमाडौं महानगरपालिका–१६ बालाजु बाईपास मनमैजु मार्गबाट जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।लक्ष्मी भक्त मानन्धरको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा नगद ३६ हजार रूपैयाँ र ८ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस