• २०८३ बैशाख २६ गते शनिवार

ललितपुरमा ३० वर्षीया महिला बलात्कृत

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौं ५, काठमाडौं ।  ललितपुरमा एक जना ३० वर्षीया महिला बलात्कृत भएकी छन् ।ती महिलालाई बलात्कार गरेको आरोपमा गोदावरी नगरपालिका–५ लेले बस्ने ३४ वर्षीय ईन्द्र नगरकोटीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

ईन्द्रले ती महिलालाई गत बुधबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस