• २०८३ जेष्ठ ९ गते शनिवार

आजको संसद बैठक स्थगित, अर्को बैठक सोमबार दिउँसो एक बजे बस्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौं ५, काठमाडौं । आज विहान ११ बजेटबाट सुरु हुने भनिएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको हिजो निधन भएको कारण आज संसद बैठक स्थगित गरिएको हो ।

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले आज एक सुचना जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएका हुन् ।बैठक विशेष कारणवश बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम बैठक सोमबारलाई सारिएको उनले जनाएका छन् ।

प्रतिनिधि सभाको अर्को बैठकल सोमबार दिउँसो एक बजे बस्ने जनाइएको छ ।

Avatar

Sharing

प्रतिक्रिया दिनुहोस