• २०८३ बैशाख ४ गते शुक्रवार

आईसिसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट:नेपाल क्यानाडासँग प्रतिस्पर्धा गर्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ९, काठमाडौं । आईसिसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज क्यानाडासँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र क्यानाडाबीचको खेल ओमानको अल अमेरात क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ । छनोट अन्तर्गत अघिल्ला दुबै खेल जितिसकेको नेपालले क्यानाडालाई जिते समूह विजेता बन्दै अन्तिम चारमा प्रवेश गर्नेछ ।

नेपालले समूह विजेताका रुपमा अन्तिम चारमा प्रवेश गर्दा सेमिफाइनल समूह ए को उपविजेतासँग खेल्नेछ । अन्तिम खेलसंगै आज नै सेमिफाइनल पुग्ने सम्पुर्ण टोलीको टुङगो पनि लाग्नेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस