• २०८३ बैशाख ४ गते शुक्रवार

एमालेको आरोप : सत्तारूढ दलको दोहोरो चरित्र

पत्रपत्रिका पढ्न लाग्ने समय : ३ मिनेट

फागुन ९, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतामा सत्तारूढ दलको स्पष्ट धारणा नआएको आरोप लगाएको छ । एमालेले सत्तारूढ दलको दोहोरो चरित्र देखिएको आरोपसमेत लगाएको छ ।

सरकारको तर्फबाट संसद्मा एमसीसी टेबल गरिएपछि संसद् र सडकमा सत्तारूढ दलले विरोध गर्न थालेपछि प्रमुख प्रतिपक्षीले स्पष्ट धारणा माग गरेको छ । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सत्तारूढ दलको स्पष्ट धारणा आउनुपर्ने बताए । ‘सरकारमा रहेका दलले एमसीसी संसद्मा टेबल गरिएपछि संसद् र सडकमा आन्दोलन गरेका छन् । पहिला सत्तारूढ दलको स्पष्ट धारणा आउनुप¥यो । उहाँहरू यसलाई पारित गर्न खोज्नुभएको हो कि होइन भन्ने स्पष्ट छैन्’ नेम्वाङले भने, ‘उहाँहरूको दोहोरो रोल देखिन्छ । उहाँहरूको स्पष्ट धारणा आएपछि हामी पनि के गर्ने भन्ने भन्छौं ।’

सरकारको नेतृत्वमा रहँदा एमाले अध्यक्ष केपी शर्मा ओली एमसीसी संसद्मा पेस गर्ने पक्षमा थिए । तर, सरकारबाट हटेपछि एमालेले एमसीसीलाई राजनीतिक दाउपेचको विषय बनाउँदै आएको छ । एमाले नेताहरूले एमसीसीको सन्दर्भमा सरकार र गठबन्धनको धारणा आएपछि आफ्नो पोजिसन क्लियर गर्ने बताउँदै आएका छन् ।

ओली नेतृत्वको तत्कालीन सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले ३० असार २०७६ मा एमसीसी संसद्मा दर्ता गराएका थिए । त्यसअघि ओली नेतृत्वकै सरकारले २५ माघ २०७५ मा एमसीसी संसद्मा पेस गर्ने निर्णय गरेको थियो ।

तर, आफंैले दर्ता गरेको प्रस्ताव संसद्मा टेबल गरिएपछि त्यसको पक्ष वा विपक्षमा मतदान गर्ने सवालमा एमालेले कुनै निर्णय गरेको छैन । नेम्वाङले आफूहरूले उठाउँदै आएको माग सम्बोधनमा सरकार र सभामुख अग्निप्रसाद सापकोटाले चासो नदिएको आरोप लगाउँदै संसद् अवरुद्ध गर्दै आएको बताए । साथै सत्तारूढ दलको स्पष्ट धारणा आएपछि आफूहरूले पनि निर्णय गर्ने उनले बताए ।

एमाले अध्यक्ष ओलीले एमसीसी संसद्मा समयमै नल्याउँदा अहिलेको अवस्था सिर्जना भएको र देशीविदेशी शक्तिहरूको ‘क्रिडास्थल’ भएको टिप्पणी गरेका छन् ।

एमालेका सांसदसँग नयाँ बानेश्वरस्थित संसद् भवनमा अनौपचारिक छलफल गर्दै अध्यक्ष ओलीले समयमै संसद्मा नल्याउँदा एमसीसी गिजोलिएको बताए । ओलीको भनाइ उद्धृत गर्दै प्रमुख सचेतक विशाल भट्टराईले ढिला गरेका कारण अमेरिका र चीन बोल्नुपर्ने अवस्था बनेको बताए ।

‘पहिला नै निर्णय गरेको भए अहिलेको अवस्था आउने थिएन । देशीविदेशी शक्तिहरूको क्रिडास्थल भयो । अमेरिका र चीन बोल्नुपर्ने अवस्था ढिला भएकै कारण भयो’ ओलीको भनाइ उद्धृत गर्दै भट्टराईले भने ।

एमाले सांसदसँग छलफल गर्दै अध्यक्ष ओलीले आफूहरूको माग सम्बोधन नभएकाले संसद् अवरोध निरन्तर रहने बताए । एमालेले केन्द्रीय सचिवालय र संसदीय दलको बैठकमा विगतमा एमसीसी’boutमा छलफल भए पनि कुनै निर्णय गर्न सकेको छैन ।

पाँच दलीय गठबन्धनमा रहेको नेपाली कांग्रेसले एमसीसी पारित गर्नुपर्ने पक्षमा निर्णय गरिसकेको छ । तर, प्रमुख प्रतिपक्षी एमालेले एमसीसी’bout कुनै निर्णय गर्न सकेको छैन ।

पाँच दलीय गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)ले एमसीसी’bout विपक्षमा उभिँदै आएको छ । यथास्थितिमै पारित गर्न नहुने पक्षमा उभिँदै दुवै दलले विरोधसमेत गर्दै आएका छन् ।

जनता समाजवादी पार्टी (जसपा)भित्र एमसीसी’bout फरक मत रहेको छ । संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई एमसीसी पारित गर्नुपर्ने पक्षमा छन् भने अध्यक्ष उपेन्द्र यादव समूह विपक्षमा उभिँदै आएको छ । राष्ट्रिय जनमोर्चा एमसीसीको विरोधमा पहिलेदेखि नै आन्दोलनमा रहेको छ । यो समाचार आजको राजधानी दैनिकमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस