• २०८३ बैशाख ११ गते शुक्रवार

‘एकै नजरमा’बोलको म्युजिक भिडियो सार्वजनिक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ७, काठमाडौँ । युवाले सुन्दरीयुवती देखेपछि मनमाआउने रोमाञ्चकभावलाई समेटेर तयार पारिएको ‘एकै नजरमा’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक बिक्की परियारको स्वरमा सजिएको यस गीतमाशब्द विष्णुबाबु देवकोटाको रहेको छ ।

टीका दाहालले सङ्गीतवद्धगर्नुभएको गीतमा राहुलप्रधानले सङ्गीत संयोजन गर्नुभएको छ । कालिञ्चोकमा छायाङ्कन गरिएको म्युजिक भिडियो बुद्ध थापाले छायाङ्कन गर्नुभएको हो । विकास लामिछाने र बिना राउतले भिडियोमा अभिनय गर्नुभएको छ । भिडियोको सम्पादन दिन्सन शाहले गर्नुभएको हो ।

केशवराज भट्टको निर्देशनमा भिडियो तयार पारिएको हो । सङगीतकार दाहालको आधिकारिक च्यानल ‘टीका दाहाल म्युजिक’मार्फत् भिडियो सार्वजनिक भएको जनाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस