• २०८२ असार २४ गते मङ्गलवार

सुनचाँदीको मूल्य बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ४,काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९१ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा चार सयले बढेर ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला ९१ हजार तीन सय सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस