• २०८३ मङ्सिर ४ गते बिहिवार

आमा बनिन् काजल अग्रवाल

एजेन्सी पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ७, मुम्बई । दक्षिण भारतीय अभिनेत्री काजल अग्रवाल आमा बनेकी छन् । भारतीय सञ्चार माध्यम आजतकले उनले मंगलबार छोरालाई जन्म दिएकाे उल्लेख गरेकाे छ ।

केही समय अगाडि काजलले आफू गर्भवती भएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी थिइन्। उनले गर्भावस्थाको फोटो सुट समेत गरेकी थिइन्।

सन् २०२० को अक्टुबरमा काजलले व्यापारी गौतम किचलूसँग विवाह गरेकी थिइन्।

Sharing

प्रतिक्रिया दिनुहोस