माघ ६,काठमाडौैं । सत्तारुढ गठबन्धन आवद्ध राजनीतिक समन्वय समितिको बैठक स्थगित भएको छ । सदस्य तथा नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङका अनुसार आज अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो ।

बैठकको तयारी नपुगेकाले केही समयका लागि स्थगित गरिएको उनले जानकारी दिए । यसअघि दुई दिनअगाडि पनि राजनीतिक समन्वय समितिको बैठक बसेको थियो । उक्त बैठकमा समयमै स्थानीय तह निर्वाचन गर्नेबारे सहमति भएको थियो।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन वैशाखमा गर्न सिफारिस गरेको भए पनि सरकारले मिति तय गरेको छैन।