• २०८३ असार १६ गते मङ्गलवार

अभिनेत्री काजल अग्रवाल आमा बन्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ६, काठमाडौं । चर्चित अभिनेत्री काजल अग्रवाल आमा बन्ने भएकी छन् । उनका श्रीमान गौतम किच्लुले सन् २०२२ को नयाँ वर्षका दिन इन्स्टाग्राममा यसबारे जानकारी दिएका थिए ।

काजलको फोटो राख्दै क्याप्सनमा गर्भवतीको इमोजी राखेर आफूहरू आमाबुवा बन्न लागेको खबर दिएका थिए । काजलले हालै सामाजिक सञ्जालमा ‘प्यारेन्टल क्लास’ लिएका तस्बिर पनि राखेकी छन् । उनीहरूको बिहे सन् २०२० अक्टोबरमा भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस