वैशाख ६, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेस कास्की नेताहरूलाई काठमाडौँ बोलाएका छन् ।सभापति देउवाले कास्की जिल्ला सभापति किशोरदत्त बराललाई काठमाडौँ बोलाएका हुन् ।

बराल नेतृत्वको टोली काठमाडौँ आइपुग्दै छ । गठबन्धनभित्र पोखरा महानगरपालिका प्रमुखमा एकीकृत समाजवादीले दह्रो अडान राखेपछि सभापति देउवाले कास्की काँग्रेसका नेतालाई बोलाएको बुझिएको छ ।