चैत ५, रामेछाप । रामेछापका एक वृद्ध काठमाडौको नरदेवीबाट हराएका छ्न। दोरम्बा शैलुङ गाउँपालिका ६ का जिवप्रसाद गौतम फाल्गुन १६ गतेदेखी वेपत्ता भएका हुन।
नेपाली ढाकाटोपी ,क्रीमकलरको कुर्तासुरुवाल,कालो जुत्ता, कालो जरिकोट लगाएर बिहान ६:०० बजे प्रभातकालिन घुमफिरमा निस्किएका गहुँगोरो बर्णका ७८ बर्षिय अविवाहित गौतम बेपत्ता भएका हुन।
हजुरबुबा जिवप्रसाद गौतम हराएको निवेदन महानगरीय प्रहरी वृत जनसेवा काठमाडौमा उनका नाति सन्दीप गौतमले दिईसकेका छ्न।
साथै हराएका वृद्धको खोजीकार्यमा सहयोग गरिदिनुहुन उनीसँगै बस्ने उनका नाति सन्दीप गौतमले सम्पुर्ण सहयोगी मान्छेसँग अपिल समेत गरेका छ्न। नाति गौतमले हजुरबुबा कतै देखिएमा प्रहरी वा उनको यो 9860547615 नम्बरमा सम्पर्क गर्न समेत अनुरोध गरेका छ्न।