• २०८२ साउन २ गते बिहिवार

१७ गतेअघि आमसभा गरे उम्मेदवारी खारेज

पत्रपत्रिका पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १,काठमाडौँ ।  निर्वाचन आयोगले यही कात्तिक १७ गतेअघि उम्मेदवारले आमसभा गरेमा उम्मेदवारी खारेज गरिदिने चेतावनी दिएको छ ।

सत्ता गठबन्धनका उम्मेदवारहरूले कात्तिक ४ गतेदेखि ७ गतेसम्म सातै प्रदेशमा संयुक्त सभा गर्ने तालिका प्रकाशित गरेकोलाई मध्यनजर गर्दै आयोगले सो चेतावनी दिएको छ ।

उम्मेदवार मनोनयनसँगै कतिपय राजनीतिक दल र उम्मेदवारहरू खुला रूपमा चुनाव प्रचारप्रसार गर्न थालेको उजुरीको आधारमा आयोगले सो चेतावनी दिएको हो । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको १९ दिन अघिसम्म राजनीतिक दलका उम्मेदवारलाई कोणसभा र आमसभा गर्न निषेध गरेको छ ।

आयोगले तोकेको मितिअघि कोणसभा तथा आमसभामा गरिए आचारसंहिताको उल्लंघन हुनेछ । त्यस्ता उम्मेदवाहरूको मनोनयन खारेज गर्ने कठोर निर्णय आयोगले लिएको छ । दलहरूले कात्तिक १८ गतेबाट मात्रे प्रचार–प्रसार गर्न पाउनेछन् । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस