• २०८३ बैशाख १४ गते सोमवार

बढ्यो सुनको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार तोलामा ३ हजार रुपैयाँले बढेर ९१ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

तेजावी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी प्रतितोलामा १५ रुपैयाँले बढेर ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस