• २०८३ जेष्ठ ७ गते बिहिवार

माओवादी स्थायी कमिटी बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २, काठमाडौं । पदाधिकारी टुंगो लगाउने दबाबमा परेको सत्तासीन नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ। बैठक बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।

माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार केन्द्रीय कमिटी, पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारीको टुंगो लगाउने तयारी छ ।माओवादी बैठक बुधबार पनि बसेको थियो ।

माओवादीको आठौं महाधिवेशन सात महिना अघि भएको थियो । तर, महासचिवमा सहमति नहुँदा पदाधिकारीको टुंगो लाग्न सकेको छैन ।

Sharing

प्रतिक्रिया दिनुहोस