वैशाख ५, काठमाडौं । भारतीय बक्स अफिसमा फिल्म ‘केजीएफ च्याप्टर २’को चार दिनमा हिन्दी भर्सनमा मात्रै १९५ करोड कमाइ गरेको छ ।

त्यस्तै फिल्मले चार दिनको अवधिमा सबै भाषामा गरी झण्डै ४०० करोड भारु कमाइ गरेको छ । गत बिहीबार रिलिज भएको ‘केजीएफ-२’ले शुक्रबार, शनिबार र आइतबार पनि हिन्दी भाषी राज्यमा उछाल व्यापार गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
‘केजीएफ-२’ले हिन्दी भर्सनमा बिहीबार ५३.९५ करोड, शुक्रबार ४६.७९ करोड, शनिबार ४२.९ करोड र आइतबार ५१ करोड भारु कमाइ गरेको छ । यसरी यो फिल्मले हिन्दी भर्सनमा मात्रै चार दिनमा १९४.६४ करोड कमाएको छ ।