• २०८३ असार १० गते बुधवार

प्रदेश अध्यक्ष शाहलाई श्रीमतीलाइ चुनाव लडाउन लविङ गरेको आरोप

भन्छन् : श्रीमतीलाई अध्यक्षमा सिफारिस गर्न होइन, आमा बिरामी भएर आएँ
खबर24नेपाल पढ्न लाग्ने समय : २ मिनेट

बैशाख ४, दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिकामा एमालेकातर्फबाट अध्यक्ष तथा उपाध्यक्षको टुंगो लाग्न सकेको छैन । नेकपा एमाले कर्णाली प्रदेश कमिटीका अध्यक्ष विनोदकुमार शाहले आफ्नी श्रीमती लक्ष्मीदेवि शाहलाई प्रदेश कमिटिमा सिफारिस गरेर पठाउनु पर्ने भन्दै पालिका कमिटीका सदस्यहरुलाई दबाब दिएकै कारण त्यहाँ पालिकाबाट उम्मेदवार चयनमा अन्यौलता देखिएको शाहलाइ आरोप लागेको छ ।

अध्यक्ष शाहकी श्रीमतीले चुनाव हार्ने त्रासका कारण उनी त्यहाँ बस्दै आएका हुन एमाले ठाटीकाँध अध्यक्षका दावेदार एक उम्मेदवारले भने । ‘चुनाव गरौं भन्दा पनि उहाँ मान्नु हुन्न । महिला अनिवार्य पठाउनुपर्ने सर्कुलर रहेको बताउँदै जसरी पनि आफ्नो श्रीमतीलाई सिफारिस गर्ने र प्रदेश कमिटिमा आइसकेपछि आफ्नो शक्तिको प्रयोग गरेर श्रीमतीलाई अध्यक्ष बनाउने योजना अनुसार अघि बढनु भएको छ,’उनले भने ।

यता कर्णाली नेकपाका कर्णाली प्रदेश अध्यक्ष बिनोद कुमार शाह अध्यक्ष शाहले श्रीमतीलाई अध्यक्षमा सिफारिस गर्न ठाटीकाँधमा नबसेको बताए । आफ्नो आमा बिरामी भएका कारण ठाटीकाँधमा आएको हुँ,’उनले भने, ‘नत श्रीमतीलाई जिताउन आएका हुँ । केही साथीहरुले भड्काउन गलत समाचार पठाएका हुन । यस्मा खेद प्रकट गर्दछु ।’

भन्नेबेला समाबेशीता भन्ने महिला उठ्दा विरोद गर्ने,‘उनले भने, ‘सुरुवाती अवस्था देखि दुबैजना पार्टिमा लागेको हो । उनको पनि आफ्नो ठाउँबाट पालिकामा दाबेदार गर्ने हक अधिकार होलानी । पार्टिको काम निरन्तर गर्नुपर्ने पालिकामा दाबी गर्दा बिरोध हुने कस्तो प्रचलन हो । महिला जहिले पनि पछि नै हुनुपर्ने ।’ तीन जनाको नाम पठाइदेउ भन्दा नमानेको र त्यसो गर्दा पनि हुँदैन भने जति नाम छन ति सबैको नाम पठाइदिन भनेको शाहको दावी छ । ‘पार्टी कमिटिले विवेकपूर्ण रुपमा सोच्ला ।

पार्टीको पक्षमा परिणाम आउने गरि निर्णय हुन्छ भनेर भनेको हो । मलाई मेरो श्रीमतीसँग जोडनु भनेको विचारको दिवालियापन बाहेक केहि होइन,’ उनले भने, ‘श्रीमतीले चुनाव लड्नै नपाइने भन्ने होइन । पार्टिमा उनको पनि योगदान रहेको छ । दाबेदार हुन पाइन्छ । चुनाव हारियो भने आफ्नो नाम जोडिने बताउँदै २०४० सालदेखि चुनाव जिताइरहेको उनले बताए ।

को-को छन् अध्यक्ष पदका लागि दाबेदार
ठाटीकाँध एमालेमा अध्यक्ष पदका लागि पुर्व गाउँपालिका अध्यक्ष धीरबहादुर शाही, योगेन्द्र विक्रमराज थापा, अम्मरबहादुर शाही, कुमारविक्रम शाही, लक्ष्मी देवी शाह, बखत भण्डारी, मनोज गौतम, अस्मिता शाही, शक्तिराम बुढा र बमबहादुर शाहीले अध्यक्षमा दाबी गरेका छन ।

उपाध्यक्षमा पाँचजनाको दाबी
यस्तै, उपाध्यक्षमा जैसरा विक, निर्मला शाही, कल्पना कठायत, कर्ण शाही, महेन्द्रबहादुर शाहीले दाबी गरिरहेका छन । अहिले ठाँटीकाँधमा कार्यकर्ताहरु आक्रोशित बन्दै गएका छन । उनीहरुले लोकतन्त्रको एमालेका प्रदेश अध्यक्षले धज्जी उडाएको बताउँदै पार्टीमा लोकतान्त्रिक व्यवस्था कायम गर्नुपर्ने माग गर्दै आइरहेका छन ।

Sharing

प्रतिक्रिया दिनुहोस