फागुन ६, काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले एमसीसीको विषयमा प्रधानमन्त्री शेरबहादुरले राखेको धारणा भन्दा फरक धारणा आफूले राख्न उपयुक्त नहुने बताएकी छन् । संसद बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै मन्त्री झाँक्रीले आफू मन्त्रिपरिषदको सदस्य रहँदासम्म प्रधानमन्त्रीको भन्दा फरक धारणा राख्न उपयुक्त नहुने बताएकी हुन् ।

‘म मन्त्रिपरिषदको सदस्य भएको कारणले अहिले मैले प्रधानमन्त्रीले राखेको धारणा भन्दा फरक भएर धारणा राख्न उपयुक्त पनि हुँदैन, जतिबेलासम्म म यो मन्त्रिपरिषदको सदस्य हुन्छु’ उनले भनिन् । एकीकृत समाजवादीकी नेतृ झाँक्रीले पार्टीको धारणा भोलिको बैठकबाट आउने बताइन् ।