• २०८३ जेष्ठ ५ गते मङ्गलवार

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष २, भक्तपुर। सूर्यविनायक नगरपालिका-४ दधिकोट खड्का गाउँ बस्ने ३७ वर्षीय उमेश थापाको घरमा जुवातास खेलिरहेको अवस्थमा थापा समेत ७ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग दधिकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५९ हजार ८ सय रूपैयाँ र ६१ पत्ती तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस