• २०८२ असार २४ गते मङ्गलवार

प्रजातन्त्रलाई स्थायित्व दिन गठबन्धनलाई भोट: प्रधानमन्त्री देउवा

पत्रपत्रिका पढ्न लाग्ने समय : १ मिनेट

असोज ३१,काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले लडेर ल्याएको प्रजातन्त्रलाई स्थायित्व दिन गठबन्धनलाई भोट दिनुपर्ने बताउनुभएको छ ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा आइतबार सत्ता गठबन्धनको संयुक्त प्रशिक्षणलाई सम्बोधन गर्दै देवाले प्रतिगमनको खतरा अझै पनि रहेको र त्यसबाट वर्तमान राजनीतिक व्यवस्था जोगाउन गठबन्धनले जित्नुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘नेपालमा पटकपटक लडेर ल्याएको यो प्रजातन्त्र जो छ, यसलाई स्थायित्व दिन जरुरी छ । प्रतिगमनको खतरा अझै पनि छ । त्यसैले सबै पार्टी एक हुन जरुरी छ ।’ यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस