• २०८२ साउन २ गते बिहिवार

महाअभियोग सिफारिस समितिले आजै संसद्लाई प्रतिवेदन बुझाउने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १, काठमाडौँ ।  महाअभियोग सिफारिस समितिले निलम्वित प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराबिरुद्धको महाअभियोग सिफारिस समितिले बनाएको प्रतिवेदन आज संसद् सचिवालयमा बुझाउने तयारी गरेको छ ।

आज सिंहदरबारमा बसेको समितिको बैठकले निलम्वित प्रधानन्यायधीश जबराले यसअघिका बैठकमा दिएको बयानमा हस्ताक्षर गरिसकेकोले आज नै समितिको दोस्रो बैठक बसेर संसद् सचिवालयमा प्रतिवेदन बुझाउने तयारी गरिएको हो ।

महाअभियोग सिफारिस समिति सदस्य मीनबहादुर विश्वकर्माका अनुसार आजै बस्ने दोस्रो बैठकमा प्रतिवेदनको मस्यौदा पेस हुने र आज नै संसद् सचिवालयमा प्रतिवेदन बुझाउने तयारी गरेको हो । उनले आजको बैठकमा प्रधानन्यायाधीश जबराले आफूले दिएका बयानमा हस्ताक्षर गरेको र समिति सदस्यहरूको प्रतिप्रश्नको समेत जवाफ दिएको जानकारी दिए ।

उनले भने, “मस्यौदा तयार गरेर बाँडिएको छ । ३ बजेको बैठकमा छलफल गरेर प्रतिवेदन तयार गरेर अन्तिम रुप लिएर अघि बढ्छौँ । आजै प्रतिवेदन सभामुखलाई बुझाउँछौँ ।”

समितिको दोस्रो बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस