असार ३, काठमाडौं । तिनपिप्ले फार्मेसीले असार ४ गते शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । फार्मेसीले सामाजिक उत्तरदायित्व अन्तरगत निःशुल्क जाँच गर्न लागेको हो ।

स्वास्थ्य शिविरमा रगत परिक्षण अन्तरगत ग्लुकोज, युरिक एसिड र कोलेस्ट्रोलको परिक्षण गरिनेछ भने पिसाव परिक्षण (युरिनोलाईसिस) को परिक्षण हुनेछ । फार्मेसीले समयमै रगतको रक्तचाप, ग्लुकोज, युरिक एसिड र कोलेस्ट्रोलको मात्रा नापी दिर्घकालिन रोग लाग्नबाट बच्न सबैलाई अनुरोध गरेको छ ।
फार्मेसीले ग्रामिण वस्तीमा डाक्टर सुबिधा सहितको फार्मेसी चलाउदै आएको छ ।
