• २०८३ बैशाख २० गते आइतवार

डोल्पाको त्रिपुरासुन्दरीमा एमाले विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३, डोल्पा। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको मेयरमा र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । मेयरमा एमालेका जनचन्द्र रोकाया र उपमेयरमा एमालेकै देवी घर्ती निर्वाचित भएका छन् ।

मेयरमा रोकायले २१०४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्रलाल धरालाले १५९६ मत ल्याएका छन् । माओवादीका मेयरका उम्मेदवार दिलबहादुर विष्टले १४२२ मत पाएका छन् ।

उपाध्यक्षमा निर्वाचित एमालेकी देवी घर्तीले १८५६ मत ल्याउँदा माओवादी केन्द्रका काली चलाउनेले १२९० मत पाएका छन् । नेपाली कांग्रेसकी सावित्री पहाडीले १२७७ मत ल्याएकी छन् । त्रिपुरासुन्दरी नगरपालिकामा यसअघि २०७४ को स्थानीय निर्वाचनमा पनि नेकपा एमालेले नै जितेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस