• २०८३ बैशाख ४ गते शुक्रवार

गाउँपालिकाका निवर्तमान अध्यक्ष बस्‍नेत वडा सदस्यमै पराजित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३, सुर्खेत । सुर्खेतकाे बराहताल गाउँपालिकाका निवर्तमान अध्यक्ष तेजबहादुर बस्‍नेत वडा सदस्यमै पराजित भएका छन् ।

 बराहताल गाउँपालिका-८ मा कांग्रेसबाट वडा सदस्यमा उम्मेदवारी दिएका बस्‍नेतलाई एमालेका प्रेमराज लिम्बु र छविलाल जैसीले हराएका हुन् । बस्‍नेतले ५३९ मत मत पाएको थिए भने लिम्बुले ५९१ र जैसीले ५७८ मत पाएका थिए ।

उनी ०७४ मा गाउँपालिका अध्यक्षमा विजयी भएका थिए । तर, ३० वैशाखमा भएकाे निर्वाचनमा उनी वडा सदस्यमा भिडेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस