जेठ ३, गोरखा । गोरखाको धार्चे गाउँपालिका-६ मा एमालेका धनकुमार घलेको प्यानल विजयी भएको छ । कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको गठबन्धनका उम्मेदवार मानबहादुर गुरुङलाई ४ मतान्तरले हराएर उनी वडाध्यक्ष बनेका हुन् ।

घले ५ सय ६१ मतसहित विजयी हुँदा गुरुङले ५ सय ५७ मत पाएका छन् ।घले ०७४ को निर्वाचनमा पनि वडाध्यक्ष बनेका थिए ।