• २०८३ जेष्ठ २ गते शनिवार

युक्रेनका विस्थापितलाई १० लाख यूरो सहयोग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ३, काठमाडौं । म्याड्रिड–स्पेनी क्लब रियल म्याड्रिडले रुसी आक्रमणमा विस्थापित युक्रेनीका लागि १० लाख यूरो सहयोग प्रदान गर्ने भएको छ । हमलामा युक्रेनबाट विस्थापित भएर विभिन्न देशमा शरण लिएकाहरुलाई सो सहयोग प्रदान गरिने लालिगाका नेताहरुले जनाएका छन् ।

उक्त सहयोग रेडक्रस, राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआर र युक्रेनमा कार्यरत अन्य संगठनहरुमार्फत प्रदान गरिनेछ ।राष्ट्रसंघका अनुसार झन्डै २५ लाख युक्रेनीले देश छाडेर विभिन्न छिमेकी देशमा शरण लिइरहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस