फागुन ५, महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरमा एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गौशालाका अनुसार रामनगरतर्फ जाँदै गरेको साइकललाई सोही दिशाबाट आउँदै गरेको स१च १३९३ नम्बरको एम्बुलेन्सले पछाडिबाट ठक्कर दीदा गौशाला नगरपालिका–११ का ३५ वर्षीय तेजनारायण महतोको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।एम्बुलेन्स चालकलाई एम्बुलेन्ससहित नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।