• २०८३ बैशाख ५ गते शनिवार

उत्तर कोरियाले हान्यो दुईवटा ब्यालेस्टिक मिसाइल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ३,उत्तर कोरिया ।उत्तर कोरियाले छोटो दुरीका दुईवटा क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरियाको सेनाका अनुसार, उत्तर कोरियाले सोमबार बिहान छोटो दुरीका दुईवटा क्षेप्यास्त्र समुन्द्रमा प्रहार गरेको हो।

उत्तर कोरियाले जनवरी महिनामा प्रहार गरेका यो चौथो हतियार हो । उत्तर कोरियाले निरन्तर क्षेप्यास्त्र प्रहार गरेको प्रति संयुक्त राष्ट्र संघले निन्दा गरेको छ ।
राष्ट्र संघले पटकपटक क्षेप्यास्त्र प्रहार नगर्न गरेको अनुरोधलाई बेवास्ता गर्दै उत्तर कोरियाले परीक्षणलाई तीब्र बनाएको छ । अमेरिका, जापान, कोरिया लगायत मुलुकले समेत उत्तर कोरियाले क्षेप्यास्त्र गरेको प्रति आपत्ती जनाएका छन् ।
सोमबार बिहान प्योङयाङमा रहेको सुनान विमानस्थल नजिकैबाट क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाका अधिकारीलाई उदृत गर्दै अलजजीरामा समाचार छ ।

Sharing

प्रतिक्रिया दिनुहोस