• २०८३ जेष्ठ १ गते शुक्रवार

डेब्यु हिरोइनको अवार्ड सुहानाले जितिन्

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ३०, काठमाडौँ ।  पाँचौ ग्लोबल फिल्म अवार्ड अमेरिकाको कोलोराडोस्थित डेनभरमा सम्पन्न भएको छ । उक्त अवार्डमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीदेखि पूर्वअध्यक्ष नीर शाहसम्म उपस्थित रहेका थिए ।

अवार्डमा झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ३’ले सर्वोत्कृष्ट फिल्मको ट्रफी जितेको छ । सोही फिल्मबाट सुहाना थापाले डेब्यु अभिनेत्रीको अवार्ड जितिन् । झरना सोही फिल्मबाट ‘ए मेरो हजुर ३’बाट उत्कृष्ट निर्देशक घोषित भइन् ।

त्यस्तै ‘रातो टीका निधारमा’ फिल्मबाट अंकित शर्मा सर्वोत्कृष्ट डेब्यु अभिनेता घोषित भए । वर्षकै सर्वोत्कृष्ट अभिनेत्रीकोतर्फको अवार्ड ‘आमा’बाट सुरक्षा पन्तले जितिन् । ‘छ माया छपक्कै’बाट दीपकराज गिरी सर्वोत्कृष्ट अभिनेता घोषित भए । अभिनेत्री नम्रता श्रेष्ठ स्टार अफ दी इयर घोषित भइन् ।

Sharing

प्रतिक्रिया दिनुहोस