• २०८२ असार २४ गते मङ्गलवार

काठमाडौंमा सत्ता गठबन्धनको प्रशिक्षण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ३०, काठमाडौं । सत्ता गठबन्धनले काठमाडौंमा आज प्रशिक्षण दिने भएको छ । काठमाडौं जिल्लाका निर्वाचन क्षेत्रमा दिएको उम्मेदवारीबारे जानकारी तथा राजनीतिक प्रशिक्षण दिइन लागिएको हो ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस नेता प्रकाशमान सिंहको उपस्थितिमा काडाँघारीमा कार्यक्रम हुने भएको हो ।

कार्यक्रम दिउँसो १ बजे काडाँघारीमा हुने माओवादी केन्द्रका काठमाडौं, जिल्ला इन्चार्ज कुमार पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस