भदौ ३१, काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । आईओसीले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएर पठाएको नेपाल आयाल निगमले जनाएको छ ।
नयाँ मूल्य अनुसार भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५५ पैसा घटेर आएको छ । यस्तै, डिजेलको मूल्य भने प्रतिलिटर ४२ पैसामात्र घटेको छ । हवाई इन्धनको मूल्य प्रतिलिटर एक रुपैयाँ घटेको निगमले जनाकारी दिएको छ ।