• २०८२ साउन २ गते बिहिवार

जबरासँग आज पनि बयान लिँदै महाभियोग सिफारिस समिति

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३१, काठमाडौं । संसदको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज शुक्रबार पनि बयान लिँदैछ । जबरासँग पूरक प्रश्न गर्न आज बिहान ९ बजे बैठक डाकिएको छ ।

समितिले यसअघि उनीसँग ४३ वटा प्रश्न सोधिसकेको छ । बयानका क्रममा जबराले सात जना वकिलको नाम लिएका थिए । समितिले बिहीबार उनीहरुसँग सोधपुछ गरेको थियो ।

सर्वोच्चका ६ जना बहालवाला न्यायाधीश र ४ पूर्वप्रधानन्यायाधीशलाई समितिले छलफलका लागि बोलाए पनि उनीहरू उपस्थित भएनन् ।

प्रतिक्रिया दिनुहोस