• २०८३ बैशाख ८ गते मङ्गलवार

कांग्रेसको पुच्छर बनेर हिँड्ने बामपन्थी हुनै सक्दैन: अध्यक्ष ओली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३२ ,काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसको पुच्छर बनेर हिँड्ने अनि बामपन्थीबीच एकता गरेर जाने कुरा भने हुनै नसक्ने बताउनुभएको छ । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बामपन्थी एकताका लागि ओलीलाई आग्रह गर्नु भएको थियो ।

जवाफमा अध्यक्ष ओलीले कांग्रेस नेतृत्वको सरकार छाडेर एकताका लागि आउन वामपन्थी राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ । उहाँले कांग्रेस नेतृत्वको सरकार छाडेर आएमात्रै बामपन्थी दलहरूबीच एकताका लागि आफू र आफ्नो पार्टी तयार हुने शर्त राख्नुभयो ।

उहाँले कांग्रेसलाई छोडेर वाम एकताका लागि आउने हो भने आफूले मुलुकको हितमा काम गर्ने सरकार बनाउन चाहेको पनि बताउनुभयो । ओलीले नेपालको इतिहासमै सबैभन्दा बढि मुलुकको राष्ट्रियता र स्वाभिमानमाथि हुर्मत लिने काम गरेको भन्दै सरकारको चर्को आलोचना गर्नुभयो । तथ्य र प्रमाणहरू आफूसँग भएको उल्लेख गर्दै ओलीले नाकाबन्दी र नेपालको नक्सा राष्ट्रको हितमा परिवर्तन गर्दा आफूले दुई पटकनै सरकारको नेतृत्व छोड्नुपरेको गुनासो समेत गर्नुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस