• २०८३ जेष्ठ १८ गते सोमवार

एसपीपी सम्झौता अगाडी बढाए देशभर आन्दोलन गर्ने युवा संघको चेतावनी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २, काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले अमेरिकासँग सरकारले गर्ने भनेको एसपीपी सम्झौता अगाडी बढाए देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ ।

संघका अध्यक्ष किरण पौडेलले अमेरिकाले नेपाल सरकारसँग प्रस्ताव गरेको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मुलुकलाई सैन्य गठबन्धनमा लैजाने प्रपन्च रहेको भन्दै यसलाई युवा संघले कुनै हालतमा स्वीकार नगर्ने विज्ञप्ति मार्फत जारी गरेका छन् ।

चौतर्फी विवादमा आएको यो सम्झौता सरकारले अगाडी बढाउन खोजे देशभर संघले देश भरिका युवाहरू आन्दोलित हुने संघले जानकारी दिएको छ ।

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस