• २०८३ बैशाख २० गते आइतवार

नेकोसको उपत्यका विशेष प्रदेश अधिवेशन फागुन ७ गते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ४, काठमाडौँ । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ (नेकोस)ले फागुन ७ गते उपत्यका विशेष प्रदेश अधिवेशन गर्ने भएको छ । प्रजातन्त्र दिवसको अवसर पारेर महासंघले त्रिपुरेश्वर स्थित ट्रेड सेन्टरको डिसिसी हलमा अधिवेशन गर्न लागेको हो ।

 

महासंघले फागुन ७ गते विशेष प्रदेश अधिवेशनबाट सुरु गर्दै सुखानी सहिदहरुको सम्झनामा फागुन २१ गते प्रदेश नम्बर १ को प्रदेश अधिवेशन गरि आफ्ना ७ वटै प्रदेशको अधिवेशन टुंग्याउने नेपाल खेलकुद महासंघले जनाएको छ ।

No description available.

 

अधिवेशनमा नयाँ नेतृत्व चयनका साथै खेलाडीहरुको सम्मान तथा नगद पुरस्कार पनि वितरण गरिनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस