मंसिर २९, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २८ औं महानगर दिवसको वसन्तपुरमा एक कार्यक्रम आयोजना गरि मनाएको छ ।२०५२ साल मंसिर २९ गते काठमाडौँ महानगरपालिका घोषणा भएको थियो । त्यही दिनको सम्झनामा महानगरपालिकाले हरेक वर्ष विभिन्न कार्यक्रम गरी महानगर दिवस मनाउँदै आएको छ ।

दिवसका अवसरमा महानगरले यसवर्ष सप्ताहव्यापी कार्यक्रम गरेको छ । टेकु दोभानमा नदी सरसफाइ तथा महानगरपालिकाका ५० खुला तथा सार्वजनिक ठाउँमा सरसफाइ भएको छ । त्यस्तै कला संस्कृतिलाई संरक्षण गर्न र त्यसका बारेमा जानकारी गराउने उद्देश्यले विभिन्न कार्यक्रम गरिएको महानगरले जनाएको छ ।