• २०८२ असार २४ गते मङ्गलवार

गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने चर्चामा सत्यता छैन : अध्यक्ष नेपाल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २९, काठमाडौँ  ।   नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाइने भन्ने प्रचारप्रति कुनै सत्यता नरहेको बताएका छन् ।​

नेता नेपालले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउन चलखेल भइरहेको भनेर बाहिर हल्ला गरिएपनि त्यसमा सत्यता नभएको बताएका हुन् ।उनले भने, ‘गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउन थालियो भन्ने चर्चा भएको मैले पनि सुनेँ, त्यो बाहिरी हल्लामात्रै हो । त्यो चर्चाका पछाडि लाग्न जरुरी छैन’ ‘तर राष्ट्रपति बनाउन राजनीतिक व्यक्ति नै हुनुपर्छ भन्ने छैन ।’ उनले गैर राजनीतिक बौद्धिक, सामाजिक, प्राज्ञिक व्यक्तिलाई राष्ट्रपति बनाउन संविधानबाट रोकावट नभएपनि अहिले त्यसबारे सत्ता गठबन्धनमा कुनै छलफल नभएको बताए । ‘राष्ट्रपतिका लागि राजनीतिक व्यक्ति नै हुनुपर्छ भन्ने होइन ।’

प्रतिक्रिया दिनुहोस